बुधबार नेप्से ० दशमलव ९८ अंकले उकालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बुधबार नेप्से ० दशमलव ९८ अंकले उकालो लागेर बन्द



काठमाडौँ। बुधबार नेप्से उकालो लागेर बन्द भएको छ। आज नेप्से ० दशमलव ९८ अंकले उकालो लागेको छ । आज कारोबारमा आएको धेरै समुहले गुमाएका छन् । आज कारोबारमा आएको १४४ कम्पनीको ७ लाख ८५ हजार ९ सय ९३ कित्त सेयर बाट १७ करोड ८३ लाख ८० हजार ९ सय ३७ रुपैयाको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै लाईफ इन्स्योरेन्स समुहले गुमाएको छ। आज लाईफ इन्स्योरेन्स समुह ४४ दशमलव ३९ अंकले ओरालो लागेको छ । आज होटल समुह ७ दशमलव ९६ अंकले,फाइनान्स समुह ३ दशमलव ७९ अंकले, लघुवित्त समुह २ दशमलव १५ अंकले,जलविधुत समुह १ दशमलव ६२ अंकले र अन्य समुह १ दशमलव ५८अंकले  ओरालो लागेको छ ।

आज सबै भन्दा धेरै न्नलाइफ इन्स्योरेन्स समुहले कमाएको छ । आज न्नलाइफ इन्स्योरेन्स समुह ३३ दशमलव ४९ अंकले उकालो लागेको छ । आज विकास बैँक समुह ३ दशमलव ५ अंकले र बैँक समुह २ दशमलव ७८ अंकले उकालो लागेको छ।

प्रकाशित : २८ कार्तिक २०७५, बुधबार १५:१९