भूकम्पलेभन्दा भारतको नाकाबन्दीले मुलुकको अर्थतन्त्र धरासायी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भूकम्पलेभन्दा भारतको नाकाबन्दीले मुलुकको अर्थतन्त्र धरासायी



काठमाडौं, माघ २ । पूर्वअर्थमन्त्री डा. रामशरण महतले भूकम्पलेभन्दा भारतको नाकाबन्दीले मुलुकको अर्थतन्त्र धरासायी बनाएको बताएका छन् ।

संविधान जारीपछि नेपालले कल्पनासमेत नगरेको नाकाबन्दीको समस्या भोग्न बाध्य भएको उनको भनाइ थियो ।

Ramsharan-Mahatएसिया जर्नालिस्ट एसोसिएसन नेपालले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्वमन्त्री महतले नाकाबन्दीकै कारण नेपाली वस्तुको उत्पादन लागत बढ्ने र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गाह्रो हुने बताए ।

उनले खुला अर्थनीति अवलम्बन गरेकै कारण विषम अवस्थामा पनि मुलुक टिकेको र सरकारले खर्च गर्न पाएको जिकिर गरे । अबको निकासका लागि आर्थिक विकासलाई नै पहिलो प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माले भूकम्पपछि पनि ६ प्रतिशतको आर्थिकबृद्धि हुने अपेक्षा भएपनि नाकाबन्दीले आर्थिकबृद्धि ऋणात्मकमा जान लागेकोे बताए ।

नाकाबन्दीले वितरण प्रणालीमा गम्भीर असर पुर्‍याउँदा सबैभन्दा बढी मानवीय संकट उत्पन्न भएको उनले उल्लेख गरे । यस्तो अवस्थामा सरकारले राहत प्याकेज ल्याउनुपर्नेमा त्यसो गर्न नसकेको उनको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. स्वर्णिम वाग्लेले अब उर्जा र पूर्वाधार विकासमा ध्यान दिइनुपर्ने बताए ।

खाडी मुलुकमा भएको आन्दोलनले रेमिट्यान्समा पनि असर पार्नेतर्फ सचेत बन्नुपर्नेमा उनले जोड दिए ।

उनले पूर्वअर्थमन्त्री डा. महतले भूकम्पपछि आर्थिक कुटनीति स्थापित गर्न सफल भएको जिकिर गरे ।

प्रकाशित : ३ माघ २०७२, आईतवार ०९:३७