बिहिबार नेप्से ३ दशमलव ३१ अंकले ओरालो लागेर बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बिहिबार नेप्से ३ दशमलव ३१ अंकले ओरालो लागेर बन्द



काठमाडौँ। कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्से ३ दशमलव ३१ अंकले ओरालो लागेको छ । आज कारोबारमा आएको होटल समुह बाहेक अरु सबैँ समुहले गुमाएका छन् । आज कारोबारमा आएको १५८ कम्पनीको ८ लाख २७ हजार ८ सय ५६ कित्त सेयर बाट २३ करोड ९८ लाख ६८ हजार १ सय ४२ रुपैयाको कारोबार भएको छ ।
आज सबैँ भन्दा धेरै न्नलाइफ इन्स्योरेन्से समुहले गुमाएको छ । आज न्नलाइफ इन्स्योरेन्स समुह २४ दशमलव १७ अंकले ओरालो लागेको छ। आज लघुवित्त समुह १२ दशमलव ७९ अंकले, जलविधुत समुह ३ दशमलव ६६ अंकले, विकास बैँक समुह ३ दशमलव १९ अंकले, बैक समुह २ दशमलव ९८ अंकले, लाइफ इन्स्योरेन्स समुह १ दशमलव ३८ अंकले, अन्य समुह १ दशमलव १२ अंकले र फाइनान्स् समुह ० दशमलव ६७ अंकले ओरालो लागेको छ ।
आज होटल समुह भने उकालो लागेको छ । आज होटल समुह ० दशमलव ३८ अंकले उकालो लागेको छ ।

प्रकाशित : २९ कार्तिक २०७५, बिहीबार १५:२५