विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष हार्टविग साफर नेपालमा, १५ करोड ५७ लाख अमेरिकी डलरको सहयोग सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष हार्टविग साफर नेपालमा, १५ करोड ५७ लाख अमेरिकी डलरको सहयोग सम्झौता



 

काठमाडौं । विश्व बैंकका दक्षिण एसिया उपाध्यक्ष हार्टविग साफर नेपाल आएका छन् । बुधबार उनले प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा. युवराज खतिवडा, निजी क्षेत्रका प्रतिनिधिहरुसँग भेटघाट तथा छलफल गरेका छन् ।

उनकै उपस्थितिमा बुधबार अर्थमन्त्रालयमा १५ करोड ५७ लाख अमेरिकी डलर सहयोग दुई परियोजनामा परिचालन गर्ने गरी सम्झौता पनि भएको छ । रणनीतिक सडकमार्गमा पुल निर्माण, स्तरोन्नति तथा मर्मतका लागि १३ करोड ३० लाख डलर ऋण सहयोग परिचालन गरिने भएको छ ।

यो सहयोगबाट १२,१४२ किलोमिटर रणनीतिक सडकमार्गमा पर्ने ४७७ ओटा पुल निर्माण, मर्मत, दुर्घटना न्यूनीकरण तथा स्तरोन्नति गरिने विश्व बैंकले जनाएको छ । त्यस्तै, खाद्य तथा पोषण सुरक्षाका लागि कृषि प्रसार सेवा दिने सरकारको क्षमता विकास गर्न २ करोड २७ लाख डलर अनुदान सहयोग खर्च गरिने भएको छ ।

प्रकाशित : २९ कार्तिक २०७५, बिहीबार १६:१३