औद्योगिक प्रतिष्ठानमा कार्यरत मजदुरको तलव बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

औद्योगिक प्रतिष्ठानमा कार्यरत मजदुरको तलव बढ्यो



काठमाडौं । सरकारले औद्योगिक प्रतिष्ठानमा कार्यरत मजदुरको मासिक न्यूनतम पारिश्रमिक १ हजार ७०० रुपैयाँ वृद्धि गरेको छ । योसँगै मजदुरको मासिक न्यूनतम तलब ९ हजार सात सय रुपैयाँ हुनेछ ।
श्रम तथा रोजगार मन्त्रालयका सहसचिव आभा श्रेष्ठको संयोजकत्वमा सरकार र रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधिसहितको न्यूनतम पारिश्रमिक पुनरावलोकन समितिले मजदुरको पारिश्रमिक निर्धारणसम्बन्धी सहमति जुट्न नसकेपछि पुस २९ गतेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।
कारोबार दैनिकमा खबर छ – पटकपटकको छलफलमा रोजगारदाता र ट्रेड युनियन आआफ्नै अडानमा देखिएपछि समितिले पारिश्रमिक वृद्धिको जिम्मा सरकारलाई दिएको थियो ।

प्रकाशित : ४ माघ २०७२, सोमबार ०४:५८