बिश्वलार्इ नेपालकाे शन्देस : ‘भूकम्पपछि नेपाल सुरक्षित छ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बिश्वलार्इ नेपालकाे शन्देस : ‘भूकम्पपछि नेपाल सुरक्षित छ’



काठमाडौँ । उपप्रधानमन्त्री तथा सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले समग्र पर्यटकीय क्षेत्रको सरकारले मात्र भन्दा पनि जनस्तरबाटै प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभएको छ ।  नेपाल–क्यानाडामैत्री तथा सांस्कृतिक सङ्घद्वारा यहाँ आज आयोजित ‘पर्यटन र पर्वतारोहण ः नेपाल क्यानाडा’ विषयक अन्तरक्रियामा उहाँले पर्यटकको सङ्ख्यामा वृद्धि गर्न ‘भूकम्पपछि नेपाल सुरक्षित छ’ भन्ने सन्देश विश्वलाई दिनुपर्ने बताउनुभयो ।

एक फरक प्रसङ्गमा नेपालमा जनताको चाहनाअनुसारको संविधान जारी भएकै कारण भारतले नाकाबन्दी गरेको भन्दै उहाँले राष्ट्रियता र अखण्डतालाई धरापमा राखेर कुनै पनि सम्झौता गर्न नहुने बताउनुभयो । “जनमोर्चा नेपाल सत्ता स्वादन गर्न वा सङ्घीयता कार्यान्वयन गर्न सरकारमा सहभागी भएको होइन, संविधानमा भएका सही विषयलाई कार्यान्वयन गर्न सहभागि भएको हो”–उहाँले भन्नुभयो ।

सो अवसरमा पूर्व पर्यटन मन्त्री याङ्किला शेर्पाले नेपालमा पर्यटकको सङ्ख्यामा बढोत्तरी गर्न सरकारले नयाँ कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । सर्वोच्च शिखर कीर्तिमानी आरोही माया शेर्पा र अल्ट्राधावक मीरा राईले सरकारले पर्यटन क्षेत्रको लगानीमा वृद्धि गर्नुपर्छ भन्नुभयो । सङ्घका अध्यक्ष हिरण्यलाल श्रेष्ठले क्यानिडियन पर्यटकलाई नेपाल ल्याउनका लागि जनस्तरबाटै पहल गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रकाशित : ४ माघ २०७२, सोमबार १३:२१