आयल निगमले थुपार्‍यो सवा २ करोड लिटर तेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आयल निगमले थुपार्‍यो सवा २ करोड लिटर तेल



oil nigamकाठमाडाै । बजारमा पेट्रोलियम पदार्थको अभाब भइरहेका बेला नेपाल आयल निगमले भने सवा दुई करोड लिटर तेल डिपोमै थुपारेर राखेको छ। आयल निगमका डिपोमा नाकाबन्दी अघि भन्दा अहिले बढी मौज्दात छ।

भारतीय नाकाबन्दीअघि (भदौ मसान्तमा) नेपाल आयल निगमको देशभर रहेका डिपोमा करिब एक करोड ९० लाख लिटर (१९ हजार किलोलिटर) इन्धन थियो। देशभरका ९ डिपोमा अहिले दुई करोड १८ लाख २६ हजार लिटर इन्धन मौज्दात छ। डिजेल एक करोड २४ लाख ९९ हजार लिटर र पेट्रोल ३५ लाख ९२ हजार लिटर छ।

निगमले इन्धन वितरणमा नियन्त्रण गरेपछि मौज्दात बढेको हो। निगमसँग धेरै परिमाणमा इन्धन भएपनि वितरण बढाएको छैन। निगमले नाकाबन्दीयता तीनपटक निजी सवारीलाई इन्धन दिएको छ। त्यस्तै, ११ मंसिरदेखि अत्यावश्यक सेवाका सवारी साधनलाई कोटा तोकेर इन्धन वितरण हुँदै आएको छ।

निगमले उपत्यकामा पेट्रोल मागको १४‍.२८ प्रतिशत र डिजेल करिब ५० प्रतिशत वितरण गर्दै अाएको छ। अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ।

प्रकाशित : ५ माघ २०७२, मंगलवार ०२:२४