राजधानीमा सुरु भयो बंगलादेश एक्स्पो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राजधानीमा सुरु भयो बंगलादेश एक्स्पो



काठमाडौं । नेपालका लागि बंगलादेशी राजदुताबासको आयोजनामा राजधानीको भृकुटीमण्डपमा ५ दिने व्यापार मेला सुरु भएको छ । नेपाल र बंगलादेशबीचको व्पापारिक सम्बन्ध सुदृढ गर्ने उद्धेश्यका साथ दुतावासले बंगलादेश एक्सपो २०१६ को आयोजना गरेको हो । बिहीबार एक कार्यक्रमका बीच श्रम तथा रोजगार मन्त्री दिपक बोहहोराले एक्स्पोको उद्घाटन गरे । उद्घाटनका क्रममा ोपालका लागि बंलादेशका राजदुत मसफि बिन्ते साम्सको पनि उपस्थिती थियो ।

भुकम्प तथा नाकाबन्दीले वस्तु तथा सेवाको बिक्रि बितरणमा परेको असरका बीच दुतावासले एक्स्पोको आयोजना गरेको हो । सिन्थेसिस एक्जिवसन्स एण्ड इभेण्ट्स प्रालिको व्यवस्थापनमा काठमाण्डौंको भृकुटिमण्डपस्थित प्रदर्शनीकक्षमा सुरु भएकोे एक्स्पोमा बंगलादेशका व्यवशायीहरुले आफ्ना उत्पादनहरुको प्रदर्शन तथा बिक्रि बितरण गर्नेछन् ।

विभिन्न विधाका उत्पादनहरु निर्माण सामग्री, तयारी पोशाक, प्लाष्टिकजन्य उत्पादन, सेरामिक्स, जुट तथा जुटजन्य उत्पादन, छालाजन्य उत्पादन, टेक्सटाइलका उत्पादन, औषधिजन्य उत्पादन, सौन्दर्य सामग्री, जुत्ताचप्पल, विद्युतीय सामग्री एक्सपोको आकर्षणका रुपमा रहने छन् । त्यसै गरि हस्तकलाका उत्पादन, कृषिजन्य उत्पादन तथा औजार, तयारी खाद्य सामग्री, प्रविधिजन्य सेवा सुविधा तथा पर्यटन सम्बन्धी वस्तु तथा सेवा एक्स्पोका अवलोकनकर्ताको आकर्षण बन्ने बताइएको छ ।

एक्स्पोमा नेपालकातर्फबाट पनि व्यवशायीहरुले बंगलादेशमाआयातगर्न चाहनेहरुलाई लक्षितगर्दै आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा बिक्रि बितरण गर्ने छन् । जसले नेपालमा उत्पादित वस्तु तथा सेवाको पहुँच बंगलादेशसम्म पुर्याउन र नेपाली उत्पादन निर्यात प्रवद्र्धन गर्न सहयोग पुर्याउने अपेक्षा आयोजकको छ । यसका अलावा पछिल्लो समय विकास भएका प्रविधिको नेपाल र बंगलादेशबिच साटा साट गर्न पनि एक्स्पोले महत्वपुर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । एक्स्पो सोमबारसम्म चल्ने छ ।

प्रकाशित : ७ माघ २०७२, बिहीबार १२:३७