विश्वभरका शेयर बजारमा गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विश्वभरका शेयर बजारमा गिरावट



तेलको घट्दो मूल्य र आर्थिक मन्दीको चिन्तामाझ विश्वका प्रमुख शेयर बजारहरुबाट अर्बौं डलर गुमेको छ।

तेल बजारमा उथलपुथलसंगै न्यू योर्क देखि युरोप र एसियाका शेयर बजारहरु ओरालो लाग्ने क्रम जारी रहेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल २८ डलरमा झरेको छ र त्यो अझै झर्ने विश्लेषणहरु भइरहेका छन्।

तेल बजारमा आएको उतारचढावको असर विश्वभरका शेयर बजारहरुमा पनि देखिएको छ।

न्यू योर्कमा डाउ जोन्स सुचकांक सामान्य भन्दा एक दशमलब पाँच प्रतिशतले तल झरेको छ।
न्यू योर्ककै अन्य मापक मानिने नासडाक र स्ट्यान्डर्ड एण्ड प्रो ५०० पनि गत १५ महिनाकै न्यूनतम विन्दुमा ओर्लिएका छन्।

एसियाली बजारमा आएको तीब्र गिरावट लगत्तै युरोपेली शेयर बजारहरु पनि १५ महिनाकै सबैभन्दा तल्लो विन्दुमा झरेका छन्।युरोपेली सट्टा बजार तीन वा अझै बढी प्रतिशतले तल झरेका छन्।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल २८ डलरमा झरिसकेको छ र त्यो क्रम अझै झर्न सक्ने चिन्ताहरु व्याप्त छन्।

प्रसिध्द तेल कम्पनी बीपीका बब डड्लीको भनाइमा तेलको मूल्य अझै झर्न सक्छ।

“तर बजारले आधार तय गर्ने छ। तेलको माग चीन भारत र अन्य देशमा बढिरहेकोले मूल्यले फेरि आफैं सन्तुलन भेट्टाउने छ।”

केही विश्लेषकहरुको भनाइमा कच्चा तेलको मूल्य प्रति ब्यारेल दश डलरसम्म झर्न सक्छ।

बिबिसीको सहयोगमा

प्रकाशित : ७ माघ २०७२, बिहीबार १३:०४