नेप्से नयाँ उचाईमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेप्से नयाँ उचाईमा



napsaसाताको पहिलो दिन आइतबार नेप्से नयाँ उचाईमा पुगेको छ । नेप्सेमा  कारोबार भएका सबै समूहमा हरियाली छाएपछि नेप्से थप उचाईमा पुगेको हो । नेप्सेले नयाँ रेर्कड बनाउदा तीन कम्पनीको शेयरमूल्य दश प्रतिशतका दरले बढेको छ । अनिवार्य डिम्याट कारोबार सुरु भएसँगै उचालिएको बजारमा संसदबाट संविधान संशोधन विधेयक पारित भएपछि राजनीतिक गतिरोध अन्त्य हुने आशाले लगानीकर्तामा उत्साह थपेको छ ।

गतसाताको १२१४ अंकको रेकर्ड ब्रेक गर्दै नेप्सेले नयाँ रेकर्ड बनाएको हो। आइतबार नेप्से ७.३ अंकले चढेर १२१९.६२ विन्दुमा पुगेको छ ।

सय कम्पनीको शेयर किनबेच भएको बजारमा ८ लाख कित्ताशेयर ५४ करोड १७ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन् ।अघिल्लो कारोबारको तुलनामा कारोबार रकम समेत आठ करोड रुपैयाँले बढेको छ ।

अघिल्लो साताको पहिलो दिनबाटै अनिवार्य डिम्याट कारोबार सुरु भएपछि बजारले नयाँ उचाई बनाएको थियो । त्यसपछि सामान्य घट्बढ भएको बजारमा  संसदबाट संविधान संशोधन विधेयक पारित भएपछि राजनीतिक गतिरोध अन्त्य हुने आशाले सकारात्मक प्रभाव परेको हो । पछिल्लो राजनैतिक घटनाक्रमले लगानीकर्ताको मनोबल बढ्दा नेप्सेको गति बढेको हो ।

आइतबार विकास बैंक, वाणिज्य बैंक तथा होटल समूहमा आएको उच्च सुधारले नेप्से थप उचाइमा पुगेको हो । यसदिन होटल समूहको सूचक सबैभन्दा बढि ३६.४९ अंकले बढ्दा विकास बैंकको २४.६९ र वाणिज्य बैंक समूहको सूचक ५.३८ अंकले उकालो लागेको छ ।

यसदिन विकास बैंक समूहको सूचक १२०३.२१ अंकमा पुगेको छ भने अन्य सबै समूहका सूचक हरियो देखिएका छन् ।

वाणिज्य बैंक समूहले २४ करोड बढिको कारोबार गर्दा विकास बैंक समूहको पनि झण्डै नौ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । वीमा समूहको पनि साढे एघार करोड रुपैयाँ बढिको शेयर किनबेच भएको छ ।

नेप्सेले नयाँ उचाई लिदा सबैभन्दा धेरै शेयर किनबेच गर्नेमा लक्ष्मी बैंक अग्रपत्तिमा देखिएको छ । यो बैंकको ३ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयरको ३ करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार हुदाँ सानिमा बैंकले ३ करोड १० लाख रुपैयाँ बराबरको कारोबारभ भएको छ । एभरेष्ट, सिटिजन र कृषि विकास बैंकले पनि २ करोड बढिको कारोबार गरेका छन् ।

आइतबार सबैभन्दा धेरै कमाउने कम्पनीमा अपि हाइड्रो परेको छ । अपिसँगै वरुण हाइड्रो र युनाईटेड इन्स्योरेन्सको शेयरमूल्य दश प्रतिशतले बढेको छ ।

यसैगरी आइएलएफसी फाइनान्स, एस डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, राप्तीभेरी बैंक सिन्धु विकास बैंकका लगानीकर्ता समेत कमाउनेको अग्रपत्तिमा परेका छन् । यी पाँच कम्पनीको शेयरमूल्य साढे नौ प्रीतशत भन्दा धेरैले बढेको छ ।

सिभिल बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाउँदा तारागाँउ होटल, नागबेली लघुवित्त, तिनाउ डेभलपमेन्ट र सानिमामाई हाइड्रो लगायतका कम्पनी गुमाउनेमा परेका छन् ।

प्रकाशित : १० माघ २०७२, आईतवार १३:४४