एनएमबी बैंकले ल्यायो ६ दशमलव ६६ प्रतिशतमै घर कर्जा सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएमबी बैंकले ल्यायो ६ दशमलव ६६ प्रतिशतमै घर कर्जा सुविधा



काठमाडौं । वित्तिय क्षेत्रमा अग्रणी एनएमबी बैंकले गा्रहकहरुको आफ्नो सपनाको घरमा बस्ने चाहना साथै जग्गा तथा अपार्टमेन्ट खरिदको आवश्यकतालाई मध्यनजर गर्दै कम ब्याजदरमा नै घर कर्जा सुविधा ल्याएको छ । बैंकले ६ दशमलव ६६ प्रतिशत ब्याजदरमै घर कर्जा सेवाकोे लिनसक्ने जनाएको छ ।

२५ बर्षसम्मको लचिलो कर्जा भुक्तान अवधि तथा ६ दशमलव ६६ प्रतिशत कै ब्याजदर हाल अन्य बैंकहरुको तुलनामा न्यूनतम रहेको बैंकले जनाएको छ । यस योजनाबाट ग्राहकले आफ्नो सपनाको घर, जग्गा तथा अपार्टमेन्ट सजिलै खरिद गरी लाभान्बीत हुन सक्ने विश्वास बैंकको रहेको छ ।

उक्त कर्जा सुविधा एनएमबि बैंकको ६९ वटै शाखाहरुबाट लिनसक्ने बैंकले जनाएको छ ।

प्रकाशित : ११ माघ २०७२, सोमबार १४:०१