नेशनल हाईड्रोको खुद मुनाफा ८५ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेशनल हाईड्रोको खुद मुनाफा ८५ प्रतिशतले वृद्धि



काठमाडौं । नेशनल हाईड्रो पावर कम्पनी लिमिटेले चालु आर्थिक वर्ष २०७२/७३ को दोस्रो त्रैमासमा ५ करोड ५८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । चालु आवको पहिलो त्रैमाससँग तुलना गर्दा ८५ दशमलव ७० प्रतिशतले बढको हो । चालु आवको पहिलो त्रैमासमा कम्पनीले ३ करोड ६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले चालु आर्थिक वर्ष २०७२/७३ को दोस्रो त्रैमासमा जगेडाकोषमा ३९ करोड ५२ लाख रुपैयाँ राखिएको छ । त्यस्तै लगानी तर्फ हेर्दा ३५ करोड रुपैयाँ रहेको छ । कम्पनीको बिक्रि १० करोड ३० लाख रुपैयाँ रहेको छ भने लागत १ करोड ५९ लाख रुपैयाँ रहेको छ ।
635895678056250000
कम्पनीले आव २०७२/७३ को दोस्रे त्रैमासमा सञ्चालन मुनाफा ८ करोड ५ लाख रुपैयाँ गरेको छ भने पहिलो त्रैमासमा को तुलनामा ८९ दशमलव २७ प्रतिशतले वृद्धि हो ।  पहिलो त्रैमासमा सञ्चालन मुनाफा ४ करोड २५ लाख रुपैयाँ रहेको थियो ।

नेशनल हाईड्रो पावर कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ८ दशमलव ०५ रुपैयाँ रहेको छ भने मुल्य आम्दानीको अनुपात २५ दशमलब ६० गुणा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय २६ दशमलव ३१ रुपैयाँ रहेको छ भने प्रति शेयर कुल सम्पत्तिको मुल्य १ सय २६ दशमलब ५८ रुपैयाँ रहेको छ ।

प्रकाशित : १४ माघ २०७२, बिहीबार १५:४८