मलेसियाले गैरकानुनी कामदारलाई वैध बन्न अवसर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मलेसियाले गैरकानुनी कामदारलाई वैध बन्न अवसर दिने



काठमाडौं । मलेसियाले औद्योगिक क्षेत्रमा कामदार अभाव टार्न गैरकानुनी हैसियतमा रहेका कामदारलाई वैध भएर रोजगारी गर्न दिने तयारी गरेको छ । प्रधानमन्त्री नाजिबले कामदार अभाव र सुरक्षाका लागि गैर कानुनि कामदारको खोजी गर्न यो नियमले सहयोग पुग्ने भएकाले तयारी थालिएको बताउनुभयो ।

PUTRAJAYA 28 JANUARY 2016. Perdana Menteri, Datuk Seri Najib Razak berucap di Perutusan Khas Pengubahsuaian Bajet 2016 di Pusat Konvensyen Antarabangsa Putrajaya (PICC). NSTP/MOHD FADLI HAMZAH

न्यु स्ट्रिस टाइम्सका अनुसार अर्थमन्त्रीसमेत रहेका नाजिवले सन् २०१६ को संशोधित बजेट भाषणमा गैरकानुनी आप्रवासी कामदारलाई श्रम स्वीकृतिपछि पुनः रोजगारी दिने कार्यक्रम लागू गर्न सरकार तयार रहेको बताउनु भएको हो ।

यो कार्यक्रम लागू भए मलेसियामा गैरकानुनी भएर बसेका नेपालीले वैधानिक भई पुनः रोजगारी पाउने छन् । कार्यक्रम कहिलेबाट सुरु हुने र कस्तो प्रक्रिया हुने बारे भने खुलाईएको छैन् ।

मलेसियाले यसअघि पनि अवैधानिक कामदारलाई आममाफी दिँदै बैधानिक बन्ने अवसर दिएको थियो । मलेसियाले विदेशी कामदारबाट लिँदै आएको लेबी नीतिलाई परिवर्तन गर्ने र दुई प्रकारमा शुल्क निर्धारण गर्न लागेको छ ।

यसका लागि श्रमसँग सम्बन्धित ८ वटा कानुन संशोधनको तयारी गरेको छ । मलेसियामा लाखौं विदेशि कामदार अवैधानिक भएर बसेको अनुमान गरिएको छ ।

प्रकाशित : १५ माघ २०७२, शुक्रबार १५:५८