बंगबंधु गोल्डकप विजेतालाई आइएमई र ग्लोबल आइएमई बैंकको सम्मान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बंगबंधु गोल्डकप विजेतालाई आइएमई र ग्लोबल आइएमई बैंकको सम्मान



635898588254843750काठमाडौं । आइएमई लिमिटेड तथा ग्लोबल आइएमई बैंकले बंगबंधु गोल्डकप विजेता नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी एवं खेल पदाधिकारीहरुलाई नगद सहित सम्मान गरेको छ । आइएमई लिमिटेड एवं ग्लोबल आइएमई बैंक लिमिटेडले सयूक्त रुपमा जनही २५ हजार रुपैयाँ सहित सम्मान गरेको हो।

ललितपुर सातदोबाटो स्थित एन्फा हाउसमा आइतबार एक कार्यक्रमको आयोजना गरी उक्त सम्मान प्रदान गरिएको हो । सम्मान कार्यक्रम आइएमई लिमिटेडका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकालले ग्लोबल आइएमई बैंकले कुनै पनि राष्ट्रिय टिमका खेलाडीलाई शुन्य मौज्दातमा खाता खोल्ने सुविधा तथा निशुल्क एटीएम कार्ड उपलब्ध गराउने घोषणा गरे ।

सम्मान कार्यक्रमलाई आइएमई लिमिटेडका प्रमुख कार्यकारी आइएमई लिमिटेडका कार्यकारी निर्देशक हेम राज ढकाल (रामु), ग्लोबल आइएमई बैंकका निमित्त कार्यकारी अधिकृत जनक शर्मा पौड्याल एवं आइएमईका कार्यकारी प्रमुख सुमन पोखरेलले सम्बोधन गर्दै गौरवशाली जीतकालागि प्रतिभाशाली नेपाली खेलाडी एवं खेल पदाधिकारीहरुलाई हार्दिक बधाई तथा शुभकामाना व्यक्त गरे ।

सो क्रममा नेपाली राष्ट्रिय फुटबल टिमका टिम कप्तान विराज महर्जन एवंप्रमुख प्रशिक्षक वाल गोपाल महर्जनले नीजि क्षेत्रको रुपमा आइएमई समुहले खेल क्षेत्रलाई दर्शाएको प्रोत्साहनले थप खेल कौशल प्रदर्शन गर्न आफुलाई प्रेरणा मिलेको बताए ।

नेपाल फुटबल संघका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले खेल क्षेत्रमा आइएमई समुहको स्वतस्फुर्त प्रोत्साहनका लागि कृतज्ञता व्यक्त गरे ।

प्रकाशित : १७ माघ २०७२, आईतवार १४:१६