११ अर्ब भित्र्याउन सेटिड‍ मिलाउदैं सुमार्गी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

११ अर्ब भित्र्याउन सेटिड‍ मिलाउदैं सुमार्गी



Cover.inddकाठमाडौं । सरकारले व्यापारी अजय सुमार्गीको ‘कालो धन’ को शंका र भविष्यमा वित्तीय जोखिमबारे अनुसन्धान भइरहेको करिब ११ अर्ब रुपैयाँ विदेशबाट ल्याउन स्वीकृति दिने गृहकार्य थालेको छ।

कान्तिपुर दैनिकमा समाचार छ-राष्ट्र बैँक र संसदको अर्थ समितिको निर्देशनमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले फाइल खडा गरी अनुसन्धान गरिरहेको विषयको लगानी खुल्ला गर्ने गृहकार्य सुरु भएको हो। अर्थ मन्त्रालय र उद्योग विभागले करिब ११ अर्ब रुपैयाँको उक्त रकम ल्याउने चाँजोपाँजो मिलाइदिन राष्ट्र बैँकलाई छुट्टाछुट्टै पत्र पठाएका छन्।

क्रिब ४ बर्षअघि सुमार्गीले  छुट्टाछुट्टै प्रस्ताव पेस गरी साइप्रस र ब्रिटिस भर्जिन आइल्याण्डको कम्पनीबाट ल्याउन लागेको रकम प्रक्रिया पूरा नगरेको भन्दै राष्ट्र बैँक र उद्योग विभागले भित्र्याउन अनसमति दिएका थिएनन्।  ११ अर्ब मध्ये करिब ३ अर्ब रुपैयाँ सुमार्गीले अनुमति नै नलिई नेपाली बैँकमा जम्मा गरिसकेका छन्। राष्ट्र बैँकले उक्त रकमको कारोबार समेत रोक्का गरेको छ ।

प्रकाशित : १८ माघ २०७२, सोमबार ०३:०२