राष्ट्रिय वाणिज्य बैंकको सिइओका लागि १६ जनाको आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राष्ट्रिय वाणिज्य बैंकको सिइओका लागि १६ जनाको आवेदन



काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि १६ जनाको आवेदन परेको छ । पूर्ण सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकमा करिब एक महिनायता उक्त पद रिक्त रहेको छ । तत्कालीन सिइओ कृष्णप्रसाद शर्माले आफ्नो चार वर्षे कार्यकाल पूरागरी अवकाश गएपछि खाली भएको पदमा हाल कायममुकाय सिइओको जिम्मेवारी सम्हालेका भेषराज पन्थीसहित १६ जनाको आवेदन परेको हो ।

त्यस्तै आगामी सिइओको प्रतिस्पर्धामा बैंककै अवकाशमा गएका निवर्तमान सिइओ अधिकृत कृष्णप्रसाद शर्मा, कामु सिइओ भेषराज पन्थी, माछापुच्छ्रे बैंकका पूर्व सञ्चालक गोपीकृष्ण न्यौपानेसहितले आवेदन दिएका छन्, भने वाणिज्य बैंककै अन्य तीन नायब महाप्रबन्धकले पनि सिइओका लागि आवेदन दिएका छन् ।

त्यस्तै कर्मचारी सञ्चय कोषका प्रशासक कृष्णप्रसाद आचार्य, नेपाल बैंकका पूर्व महाप्रबन्धक किरण श्रेष्ठ, कृषि विकास बैंकका नायव महाप्रबन्धक अनिल उपाध्याय, नेको इन्स्योरेन्सका म्यानेजमेन्ट एडभाइजर अशोककुमार खड्काले पनि वाणिज्य बैंकको सिइओका लागि आवेदन दिएका छन् ।

बैंकले गत पुस २६ गते गोरखापत्र दैनिकमा सुचना प्रकाशन गरी प्रमुख कार्यकारी अधिकृत सिइओको लागि आवेदन माग गरेको थियो ।

प्रकाशित : २० माघ २०७२, बुधबार १३:०८