अर्बपति विनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुपमा १५ जनाका लागि जागिरको अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अर्बपति विनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुपमा १५ जनाका लागि जागिरको अवसर



काठमाडौ । नेपालकै सबैभन्दा ठूलो औद्योगिक घराना तथा देशका एकमात्र डलर अर्बपति विनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुपले व्यवस्थापन पढेकाहरुलाई लक्षित गरी १५ पदमा जागिरको अवसर खुलाएको छ ।  बुधबार आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरी चौधरी ग्रुपले १५ जना दक्ष जनशक्ति माग गरेको हो ।

रिकभरि डिपार्टमेन्टको म्यानेजरको रुपमा सिजी ग्रुपले एकजना जनशक्ति माग गरेको छ । यो पदमा आवेदन दिने इच्छुक सेवानिवृत प्रहरी निरीक्षक वा नायव प्रहरी उपरीक्षक हुनुपर्ने र शैक्षिक योग्यता चाहि व्यवस्थापनमा स्नातक हुनुपर्ने छ ।

cg
यसैगरी, होटल क्षेत्रलाई लक्षित गरी एक फाइनान्स म्यानेजर मागिएको छ । यो पदमा आवेदन दिन चाहनेसँग ५ बर्ष भन्दा बढी होटेल क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने र फाइनान्समा सिए वा एमबिए गरेको हुनुपर्ने छ ।  उत्पादन क्षेत्रलाई लक्षित गरी सिटीले फाइनान्स र एकाउण्ट सेक्सनमा एकजना म्यानेजरका लागि अवसर दिने भएको छ । यो पदमा आवेदन दिनेसँग पनि उत्पादन क्षेत्रमा ५ बर्ष भन्दा बढी काम गरेको अनुभव हुनुपर्ने र फाइनान्समा एमबिए वा सिए गरेको हुनुपर्ने छ ।
कर्पोरेट फाइनान्स हेर्ने गरी एकजना असिस्टेन्ट म्यानेजर पनि माग गरिएको छ । यो पदमा आवेदन दिन चाहनेसँग फाइनान्स बिषय लिएर व्यवस्थापनमा स्नातकोत्तर गरेको हुनुपर्ने वा सिए पढेको हुनुपर्ने हुन्छ । यो पदका लागि २ देखि ३ बर्षका अनुभवीलाई विशेष ग्राहयता दिइने उल्लेख छ ।

इन्फर्मेसन टेक्नोलोजीका लागि एक एक्जिक्यूटिभ माग गरिएको छ । आइटीमा स्नातक गरी २ देखि ३ बर्षको अनुभव भएकाले यो पदमा आवेदन दिन सक्नेछन् । यसैगरी, कर्पोरेटका लागि एक्जिक्यूटिभ असिस्टेन्टमा समेत एकजना माग गरिएको छ । यो पदमा व्यवस्थापनमा स्नातक गरेको र ४ बर्षको अनुभव भएकोलाई प्राथमिकता दिइने जनाइएको छ ।  एडमिनिस्टेसनका लागि एक एक्जिक्यूटिभ माग गरिएको छ । यो पदमा जनप्रशासन(पब्लिक एडमिनिस्टेसन)मा स्नातक गरेका र सोही क्षेत्रमा ३ बर्ष अनुभव हासिल गरेकाहरुलाई ग्राहयता दिइनेछ ।

चौधरी ग्रुपले एचआर म्यानेजरमा समेत एक पदका लागि आवेदन मागेको छ । यो पदमा व्यवस्थापनमा स्नातक गरेका वा एमबिएमा एचआर बिषय लिई पढेका तथा ८ देखि १० बर्षसम्म सम्बन्धित फिल्डमा अनुभव प्राप्त गरेकाहरुलाई विशेष प्राथमिकता दिइने बताइएको छ । एडमिन डिपार्टमेन्टका लागि समेत एकजना म्यानेजर मागिएको छ । यो पदमा जनप्रशासनमा स्नातक गरी ८ देखि १० बर्षको अनुभव प्राप्त गरेकाहरुलाई प्राथमिकता दिइनेछ । इञ्जिनियरिंग हेड वा म्यानेजरको रुपमा एकजना माग गरिएको छ । यो पदमा मेकानिकलमा बीई वा बिटेक गरेका र १० देखि १२ बर्षसम्म अनुभव हासिल गरेकाहरुलाई प्राथमिकता दिइने चौधरी ग्रुपले जनाएको छ ।
सिगरेट प्रोडक्सन तर्फ एकजना म्यानेजर मागिएको छ । यो पदमा बीई वा बिटेक गरी सिगरेट उत्पादनमा १० देखि १२ बर्षसम्म अनुभव प्राप्त गरेकालाई प्राथमिकता दिइनेछ । एडमिनिस्टेसनका लागि एकजना असिस्टेन्ट मागिएको छ, यो पदमा व्यवस्थापनमा स्नातक गरी सम्बन्धित क्षेत्रमा ५ बर्ष अनुभव प्राप्त गरेकालाई ग्राहयता दिइने बताइएको छ ।

एकजना अडिट एक्जिक्यूटिभ पनि माग गरिएको छ । यो पदमा एसिसिए, सीए वा फाइनान्समा मास्टर गरी सम्बन्धित फिल्डमा २ बर्ष अनुभव प्राप्त गरेकालाई प्राथमिकता दिइने बताइएको छ । क्वालिटी असूरेन्सका लागि एकजना म्यानेजर माग गरिएको र यो पदमा सिभिल इञ्जिनियरिंगमा स्नातक गरी ३ बर्ष भन्दा बढी अनुभव प्राप्त गरेकाले आवेदन दिनसक्नेछन् । प्रोडक्सनतर्फ एकजना असिस्टेन्ट म्यानेजर पनि माग गरिएको छ । यो पदमा विज्ञान बिषयमा स्नातक गरी केमेस्टी तथा केमिकल विशेष बिषय बनाई पढेका तथा सम्बन्धित फिल्डमा ३ बर्ष बढी अनुभव प्राप्त गरेकाहरुलाई प्राथमिकता दिइने बताइएको छ ।
सबै पदका लागि फेब्रुअरी १९ सम्म आवेदन दिइसक्नुपर्ने चौधरी ग्रुपले जनाएको छ ।

प्रकाशित : २० माघ २०७२, बुधबार १६:२४