लोकप्रिय सामाजिक सञ्जाल फेसबुक १३ वर्षमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लोकप्रिय सामाजिक सञ्जाल फेसबुक १३ वर्षमा



काठमाडौँ । लोकप्रिय सामाजिक सञ्जाल फेसबुक १३ वर्षमा लागेको छ । विश्वको सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जाल बन्न सफल फेसबुक सन् २००४ फेब्रुअरी ४ तारिखका दिन द फेसबुकका नाममा संस्थापक मार्क जुकरवर्गले सञ्चालनमा ल्याएका थिए ।

सन् २००६ को सेप्टेम्बर २६ तारिखका दिनदेखि मात्रै फेसबुकमा १३ वर्षमाथिका सबैका लागि एकाउन्ट खोल्ने सुविधा सुरु भएको हो । सन् २००४ मा हार्वर्ड युनिभर्सिटीमा अध्ययन गर्दागर्दै मार्कले विश्वलाई जोड्ने एउटा सेतु निर्माण गर्ने योजनाका साथ फेसबुकको निर्माण गरेका थिए ।

केही साथीको सहयोगमा खुलेको यो साइटका लागि काम गर्ने कर्मचारीको संख्या अहिले ११ हजार ९ सय ९६ छ। सन् २०१२ को अक्टोबरमै फेसबुकको सक्रिय प्रयोगकर्ता मासिक १ अर्ब नाघेको थियो भने अहिले १ अर्ब ४४ करोड नाघेको नाघेको जनाएको छ ।

प्रकाशित : २१ माघ २०७२, बिहीबार ०४:१४