एसवीआईको २७ प्रतिशत बोनस सेयर र २६० करोडको हकप्रद जारी गर्ने तयारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एसवीआईको २७ प्रतिशत बोनस सेयर र २६० करोडको हकप्रद जारी गर्ने तयारी



काठमाडौ । नेपाल एसवीआई बैंकको साधारणसभाले २७ प्रतिशत बोनस सेयर र २ अर्ब ६० करोड रुपैयाँको हकप्रद सेयर जारी गर्न स्वीकृति दिने भएको छ । यही माघ २४ गते हुने साधारणसभाले उक्त स्वीकृति दिने तयारी गरेको बैंकले जानकारी दिएको छ ।बैंकले गत आवको नाफाबाट आफ्ना सेयर सदस्यलाई २७ प्रतिशत बोनस सेयर दिन लागेको हो । यस्तै, नेपाल राष्ट्र बैंकले ल्याएको पूँजी बृद्धि योजना अनुरुप हकप्रद सेयर जारी गर्न लागिएको समेत बैंकले बताएको छ । यस आवमा प्रमियम मुल्यमा रही २ अर्ब ६० करोड रुपैयाँ बरावरको हकप्रद जारी गर्न लागिएको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

SBI-bank-logo
यस्तै बैंककले गत आर्थिक वर्षमा ५३ हजार २ सय वटा नयाँ बचत खाता थपेको छ । बैंकले निक्षेप खाता संख्या १० प्रतिशतले बृद्धि गरी हालसम्म ५ लाख ६८ हजार ८ सय पुर्याएकोे छ । यस्तै गत आवमा इन्टरनेट बैंकिङ सेवा ग्राहीको संख्या पनि २८ प्रतिशतभन्दा बढीले बृद्धि भएको बैंकले जानकारी दिएको छ ।

बैंकको गत आवमा संचालन मुनाफामा २० प्रतिशतले बृद्धि गरी १ अर्ब ६३ करोड रुपैयाँ पुर्याएको थियो भने हालसम्मकै सवैभन्दा बढी १ अर्ब ६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको बैंकले जानकारी दिएको छ ।

बंैंकले २०७२ आषढ मसान्तसम्ममा ४ लाख ८२ हजार एटीएम कार्ड जारी गरेको छ । हाल बैंकको कार्ड प्रयोगकर्ता कुल निक्षेप खाता संख्याको ८४ दशमलव ७५ प्रतिशत रहेको छ । बैंकले गत आवको अन्तसम्ममा ५१ अर्ब ६२ कारोड रुपैयाँ निक्षेप संकलन गरी ३९ अर्ब ९७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रकाशित : २२ माघ २०७२, शुक्रबार ०४:४२