नाम मात्रैको सवारी भाडा समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नाम मात्रैको सवारी भाडा समायोजन



काठमाडौं।सरकारले सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ। पेट्रोलियम पदार्थको मुल्य घटेपछि सार्वजनिक यातायात, मालवाहक सवारी साधन (ट्रक) एवं मिटर जडित ट्याक्सीको भाडादर समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ।
YATAYAT
नागरीक दैनिकमा खबर छ-विभागले काठमाडौंको सार्वजनिक यातायातमा न्युनतम भाडा १३ रुपैँया कायम गरेको छ भने अधिकतम २४ सम्म रहेको छ। नयाँ भाडा दर अनुसार १६ किमि भन्दा माथिको दुरी यात्रा गर्ने यात्रुले मात्र घटेको भाडा तिर्ने छन्। १६ किमि भन्दा माथिको दुरीमा यात्रा गर्ने यात्रुले १ रुयैयाँ मात्र घटेको महसुस गर्ने छन्। भाडा समायोजन गरे पनि यात्रुले भने त्यसको प्रत्यक्ष अनुभुति गर्न नसक्ने खालको छ।सबैसँग छलफल गरेर नयाँ भाडा दर कायम गरिएको विभागका निर्देशक मुक्ती केसीले बताए।

सामायोजित भाडा दर अनुसार सार्वजनिक यात्रुवाहक सवारी तर्फ २.५३% ले र सार्वजनिक मालवाहक सवारी साधन (ट्रक) को भाडादरमा तराईको हकमा ३.७६% एवं पहाडतर्फ नारायणघाट–पोखरा, नारायणघाट–काठमाडौंको हकमा ३.२८% ले साथै मिटर जडित ट्याक्सी र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चल्ने पर्यटकीय सवारी साधनको हकमा १.६५% ले घटी हुने विभागले जनाएको छ।

प्रकाशित : २५ माघ २०७२, सोमबार ०३:०१