तोयाकाराजको ‘आउटलेट’ दरबारमार्गमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तोयाकाराजको ‘आउटलेट’ दरबारमार्गमा



काठमाडौं । युवायुवतीहरुमा प्रसिद्ध रहेको प्रणय दिवस (भ्यालेनटाइन डे)को पूर्वसन्ध्यामा तोयाकाराज फ्राइड चिकेनले राजधानीको व्यस्त स्थान दरबारमार्गमा पनि आफ्नो आउटलेट सञ्चालनमा आएको छ ।

‘कि म्यान’ समुहको शेर्पा मलमा सञ्चालन हुँदै आएको क्याफेरिनाबाट तोयाकाराजको आउटलेट सञ्चालनमा आएको हो । चिकेन पारखीले जापानीज ब्रान्ड तोयाकाराजको स्वाद दरबारमार्गमा नै लिन सक्ने क्याफेरिनाका सञ्चालक किशोर पाण्डेले जानकारी दिए ।

यस आउटलेटको औपचारिक उद्घाटन केही दिन भित्रमा गरिने बताइएको छ । जापानमा ३० भन्दा बढि रेष्टुरेन्ट सञ्चालन गर्दै आएको तोयाकाराजका अन्य मुलुकमा पनि शाखा सञ्जाल रहेका छन् ।

नेपालमा यसको पहिलो बिक्री केन्द्र थापाथलीको टे«ड टावरमा रहेको छ । तोयाकाराज जापानले पठाएको मापदण्डअनुसार नै चिकेनको विभिन्न परिकार बनाउने यस शाखाहरुमा स्थानीय चिकेन नै प्रयोग हुने र मरमसाला एवं स्वादहरु जपानबाटै आउने गरेकोे छ ।

तोयाकाराजमा पाइने परिकारको मुल्य न्युनतम १५० रुपियाँदेखि बढिमा ४३० रुपियाँसम्म पर्ने जनाइएको छ । तोयाकाराजको स्थानीय बजारमा लोकप्रियता बढ्दै गएकाले आगामी दिनमा आउटलेटहरु विस्तार गरि लगिने जेएफसी नेपालका अध्यक्ष विनय उपाध्यायले बताए ।

प्रकाशित : २७ माघ २०७२, बुधबार १०:४१