आईएमई रेमिट पनि अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आईएमई रेमिट पनि अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा



635907045905156250बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउदै आएको नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले रेमिटेन्स कम्पनी आई एम ई रेमिटसंग पनि अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौता गरेको छ । यस सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले उक्त रेमिटेन्स कम्पनीलाई अप्रत्यक्ष सदस्यको रुपमा अन्तर बैंक विद्युतीय भुक्तानी सेवा उपलब्ध गराउने छ ।

सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान रेमिटकातर्पmबाट प्रबन्ध निर्देशक सुमन पौडैलले हस्ताक्षर गरेका हुन् ।

रेमिटेन्स कम्पनीहरुले विद्युतीय भुक्तानी प्रणाली मार्पmत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाका कुनै पनि खातामा सिधा भुक्तानी दिन रेमिटेन्स र ग्राहकको रकम स्थानान्तरण जस्ता कारोबारहरु पूर्ण पमा संचालन गर्न सक्नेछन् ।

उक्त प्रणाली मार्पmतहुने कारोबार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोबारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदानगर्न सकिने छ ।

प्रकाशित : २७ माघ २०७२, बुधबार ११:१०