सदस्यलाई कृषिमा लाग्न प्रोत्साहन गर्दै रोयल बहुउद्देश्यीय सहकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सदस्यलाई कृषिमा लाग्न प्रोत्साहन गर्दै रोयल बहुउद्देश्यीय सहकारी



काठमाडौं । वसुन्धरामा रहेको रोयल वहुउद्देश्यीय सहकारीले कृषिलाई व्यवस्थित गर्न कृषि वजारको व्यवस्था गर्ने भएको छ । सदस्यलाई उत्पादनमा आकर्षित गर्न संस्थाले अव सिप देखि लगानीसम्म गरिदिने भएको छ ।

संस्थाले भौगालिक आधारमा उत्पादनको सम्भाव्यताको अध्यायन गरी कृषकलाई सिप, तालिम, पूँजी, प्राविधिक, आधुनिक औजारलगाएत आवश्यक सम्पूर्ण सेवा सुविधा दिएर कृषिमा लाग्न प्रेरणा दिने तयारी गरीरहेको संस्थाका प्रवन्ध निर्देशक सिताराम काफ्लेले वताए । उनले भने ‘अव शहरको पूँजी गाँउमा र गाँउको उत्पादन शहरमा ल्याउने योजनामा छौं किनकी हामी शहर र गाँउलाई उत्पादक र उपभोक्ता मार्फत जोड्ने योजनामा छौं ।’ निजि सरकारी र सहकारी अर्थतन्त्रको तीन आधार स्तम्भको नमुना हामी चाँडै देखाउदै छौं ।

निजीसंगको सहकार्यमा राज्यका निति नियमको पालना गर्दै उत्पादक र उपभोक्ता सहकारीले पनि हामी संग सिक्न आउने कार्य गर्ने तयारी भइरहेको उनले वताए । उनले भने उत्पादकले अव बजारको अभाव महसुस गर्नु पर्ने छैन हामी त्यसको ग्यारेण्टी लिन्छौं । हामी पशु पालन देखि सम्पूर्ण कृषि उत्पादनको बजार व्यवस्था गर्दै छौं त्यो पनि सहकारी मार्फत । हामी अव प्रत्येक किसानलाई कृषिमा लाग्न प्रेरणा प्रदान गर्ने छौं ।
केन्द्रीय कार्यालय सहित पाँचवटा सेवाकेन्द्र रहेका छन् । लामो समयदेखि बैकिङ्ग तथा लघुवित्त कार्यक्रम संचालन गरेको संस्थाले सामाजिक र आर्थिक सवलीकरणका लागी विभिन्न किसिमका सेवामुलक कामहरु गर्दै आएको छ । संस्थाले चाँडैनै आफ्नो निर्माणधिन आधुनिक भवनबाट सेवा दिनलागेको छ ।
संस्थाको सेयर पूँजी ५ करोड ७ लाख ६४ हजार ९ सय रुपैंया रहेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा संस्थाले ४९ करोड ८८ लाख ९५ हजार ९ सय ५ रुपैंया बचत संकलन गरी ५१ करोड ४४ लाख ३२ हजार १ सय २७ रुपैंया ऋण लगानी गरेको छ । संस्थाले सदस्यलाई १५ प्रतिशत लाभांस वितरण गरेको थियो ।
संस्थाले आफ्नो सदस्यहरुलाई बिबिध व्यापार, व्यवासाय संचालन गर्न धन जमानत अथवा धितोको आधारमा उचित तथा संभावित परियोजना संचालनार्थ सरल व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । संस्थाले कृषि उत्पादन, प्रशोधन, बिउबिजन खरिद, कृषि यन्त्र खरिद, पशुपालन, कुखुरा, च्याउ, बंगुर पालन आदीका लागि सदस्यहरुलाई कृषि कर्जाको व्यवस्था गरेको छ ।

संस्थाको २२ औ बार्षिक उत्सवमा साप्ताहीक कार्यक्रम

सस्थाको २२ औ बार्षिक उत्सबमा साताव्यापी विविध कार्यक्रम गरेको छ । संस्थाले स्थापना दिवसको अवसरमा विभिन्न साताव्यापी कार्यक्रम सम्पन्न गरेको हो । साताव्यापी कार्यक्रम अन्तर्गत संस्थाले ०७५ चैत २६ गते संस्थाका सवै सेवा केन्द्र तथा मुख्य कार्यालयवाट संस्थाले प्रकाशन गरेको नव वर्षको क्यालेण्डर वितरण, तथा ०७६ साल वैशाख ४ गते देखि ९ गते सम्म विविध सामाजिक कार्य गरेको संस्थाका प्रवन्ध निर्देशक सिताराम काफ्लेले जानकारी दिए ।
उनले ४ गते दक्षिकाली मन्दिर परिसर सरसफाई तथा नर्सिङ्ग केयर सेन्टरका जेष्ठ नागरिकहरुलाई खाध्यान्न तथा फलफूल वितरण, ५ गते साँखुको व्योतिर्लिङ्गैश्वर मन्दिर परिसर सरसफाई र अनाथ असाहय बाल सुधार संघ तथा, द्धन्द पिडित अपाङ्ग समाज नेपालमा खाद्यन्न समाग्री वितरण, ६ गते मातृ नेपाल अपाङ सघ द्वारा सन्चालित बालगृह तीन पिप्लेमा खाद्य सामग्री बितरण, र कार्यलय परिसर तथा वसुन्धरा मन्दिर सरसफाई र तार्केश्वर बाल बिकास समिति अनाथ गृहमा खाध्यान्न तथा फलफूल वितरण, ७ गते बागमती सफाइ अभियानमा सहभागी तथा पशुपती मन्दिरमा परिसरमा भक्तजनहरुको जुत्ताचप्पल व्यवस्थापन गर्न निशुल्क झोला वितरण, ८ गते बुढानिलकण्ठ मन्दिर सरसफाइ, साथै अनाथ तथा असहाय बाल सुधार सघमा खाद्य सामग्री वितरण गरिएको वताए । उनले ९ गते संस्थामा वृहत रक्तदान तथा विभिन्न मठमन्दिर सरसफाई तथा डस्विन वितरण गरेर कार्यक्रम सम्पन्न गरेको प्रवन्ध निर्देशक काफ्लेले वताए ।

प्रकाशित : १० बैशाख २०७६, मंगलवार ०८:०१