साकोसमा ऋण भाखा नाघ्नुको दोषी साकोस स्वयं हो, यदि… « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

साकोसमा ऋण भाखा नाघ्नुको दोषी साकोस स्वयं हो, यदि…



बल्लभ तिमल्सिना

१. साकोसले सदस्यको ऋण तिर्ने क्षमता मापन नगरी लगानी गरेमा,
२. सदस्यले प्रस्ताव गरेको परियोजनाका वास्तविक स्थिति पत्ता नलगाई ऋण प्रवाह गरेको भए,
३. सदस्यसँग ऋण सम्बन्धि कम्तिमा १० वटा प्रश्नहरु नसोधि ऋण लगानी गरेमा,
४. सदस्यको आम्दानीको प्रमाणित स्रोत नखोजी “जसरी पनि तिरिहाल्छ नि” भन्ने अमुर्त विषयमा विश्वास गरेमा,
५. धितोलाई मात्रै प्राथमिकता दिएमा,
६. माग गरेको ऋण रकम साँच्चै आवश्यक हो होइन भन्ने विषयलाई नजरअन्दाज गरेमा,
७. ऋण लगेर सदस्यले खर्च गर्ने उद्देश्य राखेको विषय थाहा पाएर पनि ऋण प्रवाह गरेमा,
८. सदस्यले धान्नै नसक्ने गरी ऋण प्रवाह गरेमा,
९. एउटै सदस्यलाई पुरानो ऋण चुक्ता नगरी पुन पटक पटक ऋण प्रवाह गरिरहेमा,
१०. “निती, नियम भन्दा सहकारी पो हो त, व्यवहार हेर्नुपर्छ” भन्ने मानसिकतामा ऋण लगानी गरेमा,
११. ऋणको अनावश्यक रुपमा नविकरण गरेमा,
१२. ऋण रकम = सदस्यको आम्दानी = ऋणको अवधि = किस्ता, यो सुत्रलाई नमानेमा

बल्लभ तिमल्सिनाको फेसबुकबाट लिइएको

प्रकाशित : १६ बैशाख २०७६, सोमबार ०८:०६