नेपाल एग्रो लघुवित्तको आइपीओ मंगलबार बाँडफाँड हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

नेपाल एग्रो लघुवित्तको आइपीओ मंगलबार बाँडफाँड हुने



नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको आइपीओ मंगलबार (वैशाख १७ गते) अर्थात भोली  बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको आफ्नै कार्यालय हात्तिसार, काठमाडौंमा बिहान ९ बजे आइपीओ बाँडफाँट हुने तय भएको छ । नेपाल एग्रोले वैशाख ८ देखि ११ गतेसम्म १ लाख ६१ हजार ७७८ कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका १ लाख ६१ हजार ७७८ कित्ता आइपीओ निश्कासन गरेको हो । कुल कित्तामध्ये २ हजार ४८९ कम्पनीका कर्मचारीका लागि, ८ हजार ८९ कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको १ लाख ५१ हजार २०० रुपैयाँ मात्रै सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।

 वि.सं. २०७३ सालबाट संचालनमा आएको यो लघुवित्त वित्तीय संस्थाको मुख्य कार्यालय कास्कीको पोखरामा छ ।

हाल यो कम्पनीको कार्यक्षेत्र कास्कीसहित पर्वत, बाग्लुङ, पाल्पा, सल्यान, गुल्मी, तनहुँ, लमजुङ, प्यूठान र रोल्पा रहेको छ ।

प्रकाशित : १६ बैशाख २०७६, सोमबार १४:५४