बैशाख २७ गतेदेखि जनसेवी लघुवित्तको आइपीओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

बैशाख २७ गतेदेखि जनसेवी लघुवित्तको आइपीओ



काठमाडौं । जनसेवी लघुवित्त वित्तीय संस्थाले आगामी बैशाख २७ गतेदेखि ४ लाख ६३ हजार कित्ता साधारण शेयर (आइपीओ) निश्कासन गर्ने भएको छ ।

रु. १०० अंकित आईपीओमा छिटोमा बैशाख ३१ गतेभित्र र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा जेठ २६ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । लघुवित्त कम्पनीको आइपीओमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

लघुवित्त कम्पनीले निश्कासन गर्ने कुल आइपीओमध्ये ७ हजार १४५ कित्ता सो कम्पनीका कर्मचारीका लागि, २३ हजार १६५ कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको ४ लाख ३२ हजार ९९० सर्वसाधारणका लागि सुरक्षित गरिएको छ ।

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र बोर्डले यो लघुवित्त वित्तीय संस्थालाई वैशाख २ गते आइपीओ निश्कासनको अनुमति दिएको थियो । लघुवित्त कम्पनीले भदौ २६ गते आइपीओ निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएको थियो ।

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई आइपीओ ग्रेड फोरको रेटिंग दिएको छ, जसको अर्थ औसत भन्दा कमजोर छ भन्ने हो ।

पर्वतमा मुख्य कार्यालय रहेको यो लघुवित्त कम्पनीको जारी पूँजी १४ करोड ४३ लाख रुपैयाँ रहेको छ । जसमध्ये ९ करोड ८० लाख संस्थापकले हालेका छन् भने आइपीओमार्फत ४ करोड ६३ लाख उठाउने योजना छ, जुन सर्वसाधारण सेयरको रुपमा रहनेछ । आइपीओपछि कम्पनीको चुक्तापूँजी १४ करोड ४३ लाखको उचाईमा पुग्नेछ।

यो माइक्रोफाइनान्स कम्पनीले २१ वटा शाखा बिस्तार गरी पर्वत, बाग्लुङ, म्याग्दी, रुकुम, रोल्पा लगायतका १० जिल्लामा बित्तीय सेवा प्रवाह गरिरहेको छ ।

आईपीओमा सि—आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाबाट सि—आस्वा प्रणालीमार्फत पनि शेयर भर्न सकिने व्यवस्था छ ।

प्रकाशित : १९ बैशाख २०७६, बिहीबार ०९:२४