बीओकेको शेयर कारोबार खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बीओकेको शेयर कारोबार खुल्यो



काठमाडौ  । बैंक अफ काठमाडौ  ले अन्य तीन फाईनान्ससँग मर्जमा जाने भनी गरेको सम्झौता भंग भए पछि आईतबारदेखि शेयर कारोबार खुला भएको छ ।

बीओकेले ईन्टरनेशनल लिजिङ एण्ड फाईनान्स श्री ईन्भेष्टमेन्ट फाईनान्स र नेपाल एक्सप्रेस फाईनान्ससँग मर्जमा जाने भनी एक बर्ष अघि प्रारम्भिक सम्झौता भएको थियो ।

तर मर्जमा जाने अन्तिम सम्झौता गर्नुअघि शेयर स्वाप रेसियो, कर्मचारी मिलान र संचालक समितिमा प्रतिनिधित्वको कुरा मिल्न नसकेपछि मर्ज भाँडिएको थियो । केही महिना अघि नै मर्ज भाँडिए पनि नेपाल राष्ट्र बैंकबाट अनुमति पाउन ढिलाई भएकाले नेपाल स्टक एक्सचेन्जमा कारोबार खुल्न समय लागेको बताईएको छ । भुकम्प गएर एक महिना शेयर बजार बन्द भई खुलेको पहिलो दिन नै ती चार वटै कम्पनीको कारोबार खुलेकाले शेयर मूल्य घट्दो प्रबृत्तिको प्रभाव यी कम्पनीहरुले पनि सामना गर्नुपर्ने भएको छ ।

अन्य तीन संस्थासगको मर्ज प्रक्रिया भाँडिएपछि अब बीओकेले संस्था खरिद गर्ने एक्वििजिशन नीति लिने भएको छ ।

प्रकाशित : ११ जेष्ठ २०७२, सोमबार ०२:४२