सस्तोमा सिभिल बैंकको सेयर उठाउनेलाई अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सस्तोमा सिभिल बैंकको सेयर उठाउनेलाई अवसर



काठमाडाै । सिभिल बैंक लिमिटेडको संस्थापकतर्फको १७ लाख ५३ हजार ५९४ कित्ता हकप्रद शेयर लिलामीमा विक्री खुल्ला भएको छ । कम्पनीले प्रतिशेयर १ सयमा हकप्रद जारी गरेको थियो । कम्पनीका संस्थापक शेयरधनीहरुले हकप्रदमा पूर्ण आवेदन नदिएकाले लिलामीमा आएको हो ।

कम्पनीको लिलामीमा हकप्रद शेयरमा वैशाख २६ गतेदेखि जेठ ९ गतेसम्म आवेदन दिन सकिन्छ । अहिले निश्कासन गरेको लिलामी शेयर किन्दा लगानीकर्ताले दोस्रो बजारमाको भन्दा निकै कम मूल्यमा पाउन सक्नुहुनेछ ।

। कम्पनीले शेयर खरीदको लागि न्यूनतम मूल्य १ सय तोकेपनि सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने छ ।
बोलकबोल गर्ने आवेदकहरुले न्यूनतम २ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको वैशाख २७ गते साधारण सभा भएकाले कम्पनीको बुक क्लोज भइसकेको छ । कम्पनीले गत आवको लाभांश भने हकप्रदलाई नदिने भएको छ ।

प्रकाशित : २६ बैशाख २०७६, बिहीबार १३:२५