जनसेवी लघुवित्त र स्वाभिमान लघुवित्तको आईपिओ, १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उचित छैन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनसेवी लघुवित्त र स्वाभिमान लघुवित्तको आईपिओ, १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उचित छैन



काठमाडाै । शुक्रबारदेखि दुईवटा लघुवित्त संस्था जनसेवी र स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राथमिक शेयर निष्कासन (आईपीओ) बिक्री खुला गरेका छन् । दुबै संस्थको गरी कम्पनीको ६ लाख १८ हजार ५६८ कित्ता आईपीओ खुलेको छ । जनसेवी लघुवित्त वित्तीय संस्था ४ लाख ३२ हजार ९९० कित्ता शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो ।

जनसेवीले ४ करोड ६३ लाख ३० हजार बराबरको ४ लाख ६३ हजार ३ सय कित्ता आईपिओ निष्काशन गरेको हो । जस मध्ये २३ हजार क सय ६५ कित्ता सामुहिक लगानी कोषको लागि र ७ हजार १ सय ४५ कित्ता कर्मचारीको लागि छुट्याइएको छ । बाँकि रहेको ४ लाख ३२ हजार ९ सय ९० कित्ताको सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । यस कम्पनीको आईपिओ गोलाप्रथाबाट ४३ हजार २ सय ९९ जनाले मात्र भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उचित हुने छैन ।

्लघुवित्तले ग्रेड ४ को रेटिंग पाएको छ । इक्रा नेपालले कम्पनीको आईपिओलाई ग्रेड ४ को रेटिंग दिएको हो । यसले कम्पनीको आधारभूत पक्ष औसत भन्दा तल रहेको बुझाउछ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ ।

स्वाभिमानको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन गर्न सकिनेछ स्वाभिमान लघुवित्तले १ लाख ९८ हजार ६ सय १० कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । जस मध्ये ३ हजार ९३ कित्ता कर्मचारीको लागि र ९ हजार ९ सय ३० कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकि रहेको १ लाख ८५ हजार ५ सय ८७ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आईपिओमा न्युनतम १० कित्ता र अधिकतम हजार कित्ताको लागि आवेदन दिन सकिने छ । यस कम्पनीको आईपिओ गोलाप्रथाबाट १८ हजार ५ सय ७८ जनाले मात्र पाउने भएकोले १० कित्ता भन्दा बढीको लागि आवेदन दिनु उचित हुने छैन ।

प्रकाशित : २७ बैशाख २०७६, शुक्रबार १०:३१