उपप्रद्यानमन्त्री केसी भन्छन, सहकारी ऐन आए विकृति हट्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उपप्रद्यानमन्त्री केसी भन्छन, सहकारी ऐन आए विकृति हट्छ



sahakarisahakariबुटवल । उपप्रधान एवं गरिबी निवारण तथा सहकारीमन्त्री चित्रबहादुर केसीले सीमानाका अझै पूर्णरुपमा नखुलेको दाबी गरेका छन् ।

बुधबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा उनले नाका खुल्यो भनिएपनि भारतले अझैपनि स्पस्टरुपमा नखोलेका कारण समस्या भोग्नुपरेको जिकिर गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको सन्दर्भमा मन्त्री केसीले यसअघिका भ्रमणहरुभन्दा यो फरक हुनुपर्ने भन्दै राष्ट्रिय स्वाधीनता र अखन्डतामाथि आँच आउने सम्झौता गर्न नहुने बताए ।

गरिबी निवारण कोष सन्चालन प्रधानमन्त्री र अर्थमन्त्रीबाट हुने भएकाले आफू गरिबी निवारणमन्त्री भएपनि केही गर्न नसकेको भन्दै मन्त्री केसीले गुनासो गरे ।

सहकारी क्षेत्रमा रहेका विकृति र विसंगतिहरुलाई आफूले सुधार्न लागेको उनको भनाइ थियो । नयााँ ऐन आए सहकारीबाट ठगेर खानेहरुको उठिवास हुने भएकाले उनिहरुको रुवावासी चेलेको उनले बताए ।

प्रकाशित : ६ फाल्गुन २०७२, बिहीबार ०९:५२