प्राइम कमर्सियल बैंकको साधारणसभा जेठ २६मा , यस्ता छन् एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

प्राइम कमर्सियल बैंकको साधारणसभा जेठ २६मा , यस्ता छन् एजेन्डा



काठमाडौं  ।  प्राइम कमर्सियल बैंकले जेठ २६ गते आइतबार साधारण सभा बोलाएको छ । बैंकले आफ्नो ११ औं वार्षिक साधारण सभा गर्न लागेको हो । सभा नेपाल एकेडमी, कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । साधारण सभा प्रयाजनका लागि प्राइमले जेठ ९ गतेदेखि जेठ २६ गतेसम्म बुक क्लोज गर्नेछ । सभामा वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । यसैगरी, नाफा नोक्सान हिसाबकिताब लगायतका एजेन्डा पनि राखिएका छन् ।

प्राइमले यसअघि गत वर्षको नाफाबाट १६प्रतिशत बोनस सेयर घोषण गरेको थियो । तर साधारण सभा र बुक क्लोजको सूचनामा यो बोनस सेयरका बारेमा उल्लेख गरिएको छैन । प्राइम बैंकका कम्पनी सचिव सन्तोष बरालले प्रस्तावि बोनस सेयर साधारण सभामा पेश हुने नेपाली पैसालाई जानकारी गराए । ‘बोनस सेयर रद्द भएको छैन,’ उनले भने । यो बोनस पाउन जेठ ८ गतेभित्र सेयरधनी भइसक्नुपर्नेछ ।

बोनस अव साधारण सभाले पारित गरेपछि लगानीकर्ताको खातामा जम्मा गर्ने प्रक्रिया सुरु हुनेछ ।

प्रकाशित : २ जेष्ठ २०७६, बिहीबार ०८:१३