इन्फिनिटी माइक्रोफाइनान्सकाे आइपिओ सोमबार देखि , कहाँ दिने अावेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

इन्फिनिटी माइक्रोफाइनान्सकाे आइपिओ सोमबार देखि , कहाँ दिने अावेदन



काठमाडौं । इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले सवसाधारण लगानीकर्ताको लागि साधारण शेयर (आइपिओ)  सोमबार अर्थात जेठ १३ गतेदेखि निश्कासन हुँदैछ । संस्थाले ६ लाख ७४ हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

इन्फिनिटीले जारी गर्न लागेको कुल आइपीओमध्ये ३३ हजार ७०० कित्ता शेयर समूहिक लगानी कोष र १० हजार ३७० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त आइपीओमा लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन पाउनेछन् । यो आइपीओमा सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्नेछ ।

कम्पनीले जारी पुँजी २० करोड ७४ लाख रुपैयाँको ३२ दशमलव ५ प्रतिशत रकम बराबरको शेयर बिक्री गर्न लागेको हो । इन्फिनिटीको आइपीओ जेठ १६ गतेसम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने असार १० गतेसम्म भर्न सकिनेछ ।यो आइपीओले औसत भन्दा तल जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ पाएको छ ।

कहाँबाट आवेदन दिने ?

 यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । इन्फिनिटीको केन्द्रीय कार्यालय गण्डकी प्रदेश, नवलपुर जिल्ला, गैडाकोट नगरपालिकामा रहेको छ । हाल विभिन्न जिल्लाहरुमा रहेका ४२ शाखा कार्यालयहरुबाट सेवा प्रदान गरिरहेकाे छ ।

प्रकाशित : १२ जेष्ठ २०७६, आईतवार १४:५३