गणतन्त्र दिवस नेपाल टेलिकमको ‘अफरै अफर, यसरी उठाउनुस फाइदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

गणतन्त्र दिवस नेपाल टेलिकमको ‘अफरै अफर, यसरी उठाउनुस फाइदा



गणतन्त्र दिवस २०७६ को अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई आफ्ना सेवाहरुमा विशेष छुट दिने भएको छ ।

टेलिकमले मंगलबारदेखि लागू हुने गरी ‘रिपब्लिक डे अफर २०७६’ उपलब्ध गराउने भएको छ । यस अन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइने छ । यो अफर जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने छ ।

यो छुट योजना अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गर पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने छ । यो प्याक ७ दिनको अवधिसम्म प्रयोग गर्न सकिने छ ।

छुट प्राप्त गर्नका लागि ग्राहकले *१४१५# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

प्रकाशित : १४ जेष्ठ २०७६, मंगलवार १८:२९