यस कारण बोलायो सनराइज बैंकले विशेष साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

यस कारण बोलायो सनराइज बैंकले विशेष साधारण सभा



file_635507845528593750काठमाडौ ।सनराइज बैंकले एक्कासी विशेष साधारण सभा बोलाएको छ । विहिबार साँझ बसेको बैंक संचालक समितिको बैठकले आगामी फागुन २३ गते आइतबारका लागि विशेष बार्षिक साधारणसभा बोलाएको हो । बैंकले सूचना जारी गर्दे पुन ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव राखेर साधारणसभा बोलाएको हो ।

बैंकले बैंकको सातौ साधारणसभाले पारित गरेको १५ प्रतिशत हकप्रद शेयर तथा आठौ साधारणभाले पारित गरेको २१.५ प्रतिशत बोनश शेयरको सूचिकरण पश्चात कायम हुन आउने चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद शेयर वितरणको विशेष प्रस्ताव साधारणसभामा लैजाने भएको छ ।
बैंकको चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा चुक्ता पूँजी ३ अर्ब २२ करोड रुपैयाँ रहेको छ । सातौ साधारण सभाले पारित गरेको १५ प्रतिशत हकप्रद, आठौ साधारसभाले पारित गरेको २१.५ प्रतिशत बोनश र विशेष साधारणसभाबाट प्रस्ताव गरेको ३० प्रतिशत हकप्रद वितरण पश्चात बैंकको चुक्तापूँजी झण्डै साढे चार अर्ब रुपैयाँ पुग्ने छ ।

प्रकाशित : ८ फाल्गुन २०७२, शनिबार ०५:२२