नेप्सलाई भुक्तानी प्रणाली सञ्चालकको कार्य गर्ने अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेप्सलाई भुक्तानी प्रणाली सञ्चालकको कार्य गर्ने अनुमति



काठमाडौ । नेपाल राष्ट्र बैंकबाट जारी “भुक्तानी सम्वन्धि कार्य गर्ने संस्था ÷संयन्त्रलाई प्रदान गरिने अनुमति नीति, २०७३” बमोजिम नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) लाई बिद्युतीय कार्डहरुको सञ्जाल र भुक्तानी स्वीचको कार्य गर्नको लागि नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागद्धारा भुक्तानी प्रणाली सञ्चालकको कार्य गर्ने अनुमति पत्र प्रदान गरिएको छ ।

नेप्स, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं संचालित कम्पनी हो । यस कम्पनी, बैंक तथा वित्तीय संस्थाहरुको लागि अत्याधुनिक तथा सुरक्षित इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै आएको छ । यस कम्पनीको १७ वटा बैंक तथा वित्तीय संस्थाहरुको निमित्त भिसा कार्ड, युनियन पे कार्ड तथा माष्टरकार्ड जारी गर्नुको साथै एटिएम  पस  सञ्जालको होस्टिङ्ग र स्विचिङ्गको सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : १९ जेष्ठ २०७६, आईतवार २१:०१