कम्पनीमा नजाने यतायातको रुट परमिट खारेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

कम्पनीमा नजाने यतायातको रुट परमिट खारेज



काठमाडाै । सरकारले कम्पनीमा नजाने यतायातको रुट परमिट खारेज गरेको छ । यातायात व्यवस्था विभागले संस्था दर्ता ऐन, २०३४ अन्तर्गतका संघ-समितिमार्फत सेवा दिइरहेका सवारी साधानको रुट परिमिट खारेज गरेको हाे । योसँगै कम्पनीमा दर्ता नभएका सवारी साधनले यात्रु ओसारपसार र ढुवानी सेवा दिन नपाउने भएका छन् ।

विभागले यातायातसम्बद्ध संघ-समिति अन्तर्गत रहेर सेवा दिइरहेका सवारी धनीलाई कम्पनीमा दर्ता भएर आउन दिएको समय सकिएसँगै रुट पर्मिट खारेज गरेको आजको नागरिक दैनिकमा खबर छ ।

प्रकाशित : २० जेष्ठ २०७६, सोमबार ०७:५१