शुभम् पावर कम्पनीले जारी गर्ने आइपीअो कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

शुभम् पावर कम्पनीले जारी गर्ने आइपीअो कति ?



काठमाडाै । शुभम् पावर कम्पनीले जेठ २५ गते शनिबार वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाबमा छलफल हुने छ । यस्तै, लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

सभा शुभमको रजिष्टर्ड कार्यालय, अनामनगर काठमाडौंमा बिहान ११ बजे बस्नेछ । कम्पनीले सर्वसाधारणका लागि ५ लाख ८० हजार ५८० कित्ता आइपीओ ल्याउने तयारी गरिरहेको छ । यसले आइपीओ अनुमतिका लागि धितोपत्र बोर्डमा निवेदन पनि दिएको छ ।

कम्पनीले यसअघि स्थानीयले नकिनेको १ लाख ८० हजार ५८० कित्ता सेयर पनि थप गरी सर्वसाधारणलाई आइपीओ जारी गर्न लागेको हो । कम्पनीले हाल संखुवासभा जिल्लामा ९९० किलोवाटको पिलुवाखोला जलविद्युत आयोजना सम्पन्न गरी २०६८ साउन १ गतेदेखि बिजुली उत्पादन गरिरहेको छ ।

प्रकाशित : २० जेष्ठ २०७६, सोमबार ०८:४२