इन्फिनिटी लघुवित्तको आइपीओ बाँडफाँड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

इन्फिनिटी लघुवित्तको आइपीओ बाँडफाँड



काठमाडौं  । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले निश्कास गरेको साधारण शेयर (आइपीओ) बुधबार सिभिल क्यापिटलको कार्यालयमा बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक सिभिल क्यापिटलको अनुसार ६२ हजार ९ सय ९३ जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् । यो आइपीओमा ३ लाख २९ हजार ७९ जनाले ६९ लाख २९ हजार ९१० कित्ताका लागि रीतपूर्वक आवेदन दिएका थिए । ६२७ जनाको १७ हजार २४० कित्ता आवेदन भने रद्द भएको छ ।

इन्फिनिटीले कुल ६ लाख ४० हजार ३०० कित्ता शेयर बिक्री खुला गरेको थियो । १० हजार ३७० कित्ता शेयर कर्मचारीलाई छुट्याइएको छ ।
बाँकी ६ लाख २९ हजार ९३० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिएका हुन् । कम्पनीले कुल ६ लाख ७४ हजार कित्ता सेयरमध्ये ३३ हजार ७०० कित्ता म्युचुअल फन्डहरुलाई बाँडफाँट गरी बाँकी रहेको शेयर कर्मचारी र सर्वसाधारणलाई बिक्री गरेको थियो ।

प्रकाशित : २२ जेष्ठ २०७६, बुधबार १३:०५