डडेल्धुरा पुग्यो मेगा बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

डडेल्धुरा पुग्यो मेगा बैंक



660x440xMega-Bank-Jogbudha1.jpg.pagespeed.ic.TVz0jFdcUZ
काठमाडौं । मेगा बैंक नेपालले डडेल्धुरा जिल्लाको जोबुढामा शाखा खोलेको छ । आफ्नो ३० औँ शाखा विस्तार गरेको छ । अब डडेल्धुरामा बैंक तथा वित्तीय संस्थाको शाखा १० पुगेको छ ।

यसअघि सात बाणिज्य बैंक र दुई विकास बैंकले डडेल्धुरामा शाखा खोलेका थिए । मेगाले दुर्गम जिल्लाका विपन्न जनतालाई अत्याधुनिक सेवामार्फत आर्थिक उत्थान गर्ने उद्देश्यले शाखा खोलेको जनाएको छ । बैंकले सक्षम परियोजनासँग मिलेर पर्शुराम नगरपालिकाको जोगबुढामा शाखा खोलेको हो ।

लुइस बर्जर गु्रपका उपाध्यक्ष चाल्स बेलले जोगबुढा शाखाको उद्घाटन गरेका छन् । उनले सक्षम एक्सिस टू फाइनान्स कार्यक्रममार्फत मेगा बैंकसँगको साझेदारीमा नेपालका ग्रामीण क्षेत्रमा शाखा विस्तार तथा शाखारहित ट्याब बैंकिङ सुविधा विस्तार गरिएको जानकारी दिए ।

मेगा बैंकका साना मझौला कर्जा प्रमुख अमित श्रेष्ठले वित्तीय सुविधाबाट वञ्चित नेपालीलाई सेवा दिने उद्देश्यले मेगा बैंकले सुदूरपश्चिमका दुर्गम जिल्लामा पनि शाखा तथा शाखारहित सेवा विस्तार गरिरहेको जानकारी दिए ।

सक्षम कार्यक्रम युके एडको सहायतामा संचालन भइरहेको छ । लुइस बर्जरले स्वदेशी तथा विदेशी संघसंस्थाको साझेदारीमा संचालन गरिरहेको सक्षम परियोजना नेपालमा डीएफआइडीमार्फत संचालित छ । सक्षम एक्सिस टू फाइनान्स कार्यक्रममार्फत मेगा बैंकले दुर्गम क्षेत्रमा वित्तीय सेवा विस्तार गरिरहेको छ ।

डडेल्धुराको जनसंख्या एक लाख ४९ हजार ४६८ जना छ । यहाँ एक बैंकको शाखाको भागमा १४ हजार नौं सय ४६ जना पर्छ ।

प्रकाशित : ८ फाल्गुन २०७२, शनिबार ०९:०७