१२ पास गरेका विद्यार्थीलाई मात्र विदेशमा पढ्न जान अनुमति दिइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

१२ पास गरेका विद्यार्थीलाई मात्र विदेशमा पढ्न जान अनुमति दिइने



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १२ पास गरेका विद्यार्थीलाई मात्र विदेशमा पढ्न जान अनुमति दिने भएको छ । एसईई गरेलगत्तै विद्यार्थी जापान, अस्ट्रेलिया, अमेरिका जाने क्रम बढेपछि मन्त्रालयले यस्तो व्यवस्था ल्याएको हो ।

‘उच्चशिक्षा पढ्न जाने विद्यार्थीलाई मात्र नो अब्जेक्सन लेटर दिने निर्णय गरिएको’ मन्त्रालयको वैदेशिक अध्ययन अनअुमतिपत्र शाखाका उपसचिव महेश्वर शर्माले बताउनुभयो । १२ पास नगरी विद्यालय तहसरको डिप्लोमा पढ्न जाने विद्यार्थीलाई अनुमति नदिइने उहाँले जानकारी दिनुभयो ।, समाचार कान्तिपुर दैनिकले छापेको छ ।

प्रकाशित : ३० जेष्ठ २०७६, बिहीबार ०८:००