सांग्रिला विकास बैंकले हकप्रद निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सांग्रिला विकास बैंकले हकप्रद निष्कासन गर्ने



काठमाडौँ  । सांग्रिला विकास बैंकले हकप्रद निष्कासन गर्ने भएको छ । बैंकले चार बराबर १ (४:१)को अनुपातमा प्रति सेयर १ सय रुपैयाँका दरले १८ लाख ४० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

माघ १ गते सम्म कायम भएका सेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिन पाउने बैंकले जनाएको छ। पुंजी वृद्धि अनुसार नै बैंकले २५ प्रतिशत हकप्रद सेयर जारि गर्न लागेको बताएको छ । इच्छुक सेयरधनिले चैत्र १४ गते सम्म आवेदन दिन सक्ने छन । सांग्रिला विकास बैंकको सबै शाखाबाट र बैंकको बिक्रि प्रबन्धक एनएमबी क्यापिटलबाट आवेदन फर्म उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकको चुक्ता पुंजी हाल ७३ करोड ६० लाख रुपैयाँ रहेको छ । हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ९२ करोड रुपैयाँ पुग्नेछ। हकप्रद वितरण पछि बैंकमा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७०:३० को अनुपातमा हुनेछ । संस्थापक र सर्वसाधारण ५१:४९ बनाउनका लागि बैंकले १९ प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्न सक्नेछ ।

प्रकाशित : ९ फाल्गुन २०७२, आईतवार ०९:५६