सनराइज बैंक लिमिटेडको थप २ शाखारहित बैंकिङ्ग सेवा बिस्तार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंक लिमिटेडको थप २ शाखारहित बैंकिङ्ग सेवा बिस्तार



काठमाडौ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ २ वटा शाखारहित बैंकिङ्ग सेवा शुरू गरेको छ । बैंकले ३४ औँ शाखारहित बैंकिङ्ग सेवा तनहु जिल्लाको व्यास नगरपालिका वडा नं.९ गजौडे र ३५ औँ शाखारहित बैंकिङ्ग सेवा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं.६, जलजले बजारमा सुरुवात गरेको छ ।

व्यास नगरपालिका वडां नं. ९ का अध्यक्ष श्री सुरेश थापा र नायव महाप्रबन्धक श्री अपछ कुमार यादवले मिति २०७६÷०२÷३० मा एक समारोहका बीच गजौडेमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्नुभयो । साथै मिति २०७६÷०२÷३२ बैंकले ३५ औँ शाखारहित बैंकिङ्ग सेवा त्रियुगा चेम्बर अफ कर्मसका अध्यक्ष श्री गजेन्द्र भगत र बैंकका प्रदेश नं.१ को प्रमुख  विवेक निरौलाले संयुक्त रुपमा उद्घाटन गरि पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्नुभयो ।

पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यो संगसंगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या ३५ पुगेको छ । बैंकिङ्ग सेवा नपुगेका क्षेत्रका जनतालाई बैंकिङ्ग सेवाको पहुच शाखारहित बैंकिङ्ग सेवा मार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ ।

प्रकाशित : २ असार २०७६, सोमबार ०७:२२