सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आशा राणा अधिकारी



काठमाडौ । सनराइज बैंक, संचालक समितिको मिति २०७६ जेठ २२ गतेको बैठकको निर्णय अनुसार श्रीमती आशा राणा अधिकारी नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा हुनुभएको छ ।

साथै निजले हाल निमित्त प्रमुख कार्यकारी अधिकृतको समेत जिम्मेवारी सम्हालिरहनु भएको छ । विगत ३१ वर्ष देखि बैकिङ्ग क्षेत्रमा कार्यरत रहनुभएकी श्रीमती अधिकारी सन्राइज बैंकमा, बैंकको स्थापनाकालदेखि नै कार्यरत हुनुहुन्छ । सन्राइज बैंकमा आउनु अघि उहाँं हिमालयन बैंकमा १४ वर्ष र राष्ट्रिय वाणिज्य बैंकमा ६ वर्ष भन्दा बढी काम गरीसक्नु भएको छ ।

श्रीमती अधिकारीले त्रिभुवन विश्वविद्यालयबाट एम. बि. ए.मा प्रथम श्रेणीमा प्रथम भइ महेन्द्र विद्याभूषण लगायत विभिन्न विभूषण तथा स्वर्ण पदकहरm प्राप्त गर्नुभएको छ । उहाँले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायिक तालिमहरुमा समेत सहभागी हुनुभएको छ ।

प्रकाशित : ५ असार २०७६, बिहीबार २१:३६