कैलाली हावाहुरी पिडितकोलागि आर्थिक सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

कैलाली हावाहुरी पिडितकोलागि आर्थिक सहयोग



काठमाडौ । गत जेठ २३ गते सुदुर पश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी आसपासमा आएको भिषण हावाहुरीमा परि पिडित हुनेहरुकोलागि जनता बैंकको तर्फबाट नगद आर्थिक सहयोग प्रदान गरिएको छ ।

धनगढी उपमहानगरपालिकाले संचालन गरेको ‘धनगढी उपमहानगरपालिका प्रकोप ब्यबस्थापन कोष’लाई बैंकको तर्फबाट रु. १ लाख ५० हजार नगद सहयोग उपलब्ध गराइएको हो । उक्त सहयोग रकमको चेक बैंकको सुदर पश्चिम प्रदेशका प्रादेशिक प्रमुख मुकुन्द प्रसाद भट्टले धनगढी उपमहानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टलाई हस्तान्तरण गरे । उक्त रकमपिडितहरुको पुनःस्थापनाको क्षेत्रममाखर्च गरिनेछ ।

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवि प्रकोप राहत लगाएत अन्यविभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

प्रकाशित : ६ असार २०७६, शुक्रबार ११:१३