नेचुरल सहकारीको सदस्य सम्पर्क कार्यालय काडाँघारीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेचुरल सहकारीको सदस्य सम्पर्क कार्यालय काडाँघारीमा



काठमाडौ । काठमाडौंको जोरपाटीमा केन्द्रिय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले कागेश्वरी मनोहरा नगरपालिका–९ काडाँघारीमा सदस्य सम्पर्क कार्यालय स्थापना गरेको छ ।
शनिबार संस्थाका अध्यक्ष सर्मिला अमात्य र प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले संयुक्त रुपमा एक कार्यक्रम बीच कार्यालयको उद्घाटन गरेका हुन् । काठमाडौंको नयाँ बजार र शाँखुमा संस्थाको सदस्य सेवा केन्द्र रहेको छ । संस्थाको यो पहिलो सम्पर्क कार्यालय हो ।

सदस्यहरुको माग अनुसार काडाँघारीमा सम्पर्क कार्यालय स्थापना गरिएको संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिए । ‘यस क्षेत्रमा तीन सय जनाभन्दा बढी सदस्य नेचुरलमा आवद्ध हुनुहुन्छ’, उनले भने, ‘उहाँहरुको माग अनुसार नै कार्यालय स्थापना गरेका हौं । संस्थाको गुणस्तरिय सेवा अब छिटो, छरितो तरिकाले लिन सक्नेछन् ।’ कार्यालय स्थापना पनि सदस्य विस्तारको काम पनि हुने पाठकले बताए । सदस्यहरुको साथ र सहयोगले नै यस क्षेत्रमा कार्यालय खोल्न सकिएको पाठकको भनाई छ । सदस्यहरुलाई गुणस्तरिय सेवामा नेचुरल प्रतिवद्ध रहेको पाठकले बताए । संस्थाको सेयर पूँजी साढे ८ करोड र निक्षेप ९० करोड छ ।

प्रकाशित : ८ असार २०७६, आईतवार १४:५१