एनसीसी बैंक र आइएमई पेवीच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एनसीसी बैंक र आइएमई पेवीच सम्झौता



काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र एनसीसी बैंकबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार एनसीसी बैंक लिमिटेड आइएमई पेको बैंकिङ्ग साझेदार संस्था हुनेछ ।

एनसीसी बैंकका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई पे मार्फत विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नुहुनेछ ।

काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई पे का तर्फबाट महाप्रवन्धक खिलेन्द्र पौडेल र एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।

प्रकाशित : ९ असार २०७६, सोमबार १२:५१