काठमाडौं उपत्यकामा बिहान बन्दको असर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

काठमाडौं उपत्यकामा बिहान बन्दको असर



काठमाडौं । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाले आफ्नो समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा मंगलबार आहृवान गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ । बन्दकर्ता सडकमा नदेखिए पनि काठमाडौं उपत्यकामा बिहान बन्दको असर देखिएको हो ।

बन्दले काठमाडौं उपत्यकाका सडक बिहान सुनसान देखिएका छन् । निजी सवारी फाट्टफुट्ट चले पनि बन्दको त्रासले सार्वजनिक सवारी नगन्य मात्रामा चलेका छन् । सडकमा साविकअनुसार सवारी साधन नचल्दा जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकाबाट बाहिरिने लामो दूरीका सवारी साधन त मंगलबार बिहानैदेखि ठप्प छन् । बिहान बन्दको प्रभाव देखिए पनि उपत्यकामा नगन्य मात्रमा सवारीहरु चल्न थालेका छन ।

प्रकाशित : १० असार २०७६, मंगलवार १०:५१