एप्पलले बनाउँदै छ विचित्रको भवन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एप्पलले बनाउँदै छ विचित्रको भवन



appleक्यालिफोर्निया। विश्वकै तेस्रो ठूलो मोबाइल निर्माणकर्ता अमेरिकी बहुराष्ट्रिय कम्पनी ‘एप्पल’ ले विचित्रको भवन निर्माण गर्दैछ । क्यालिफोर्नियाको कुपेर्टिनोमा उसले एक कलेज भवन निर्माण गर्दैछ जो विश्वमै अनौठो प्रकारको हुने दाबी गरिएको छ । ५ बिलियन डलरको लागतमा यसै वर्षको अन्त्यसम्ममा निर्माण सम्पन्न हुने उक्त भवनमा घुमाउरो सिसाका तीनहजार भन्दा बढी टुक्रा प्रयोग गरिदैंछ ।

apple3 apple1 apple2

सिसाका यी प्यानल उक्त भवनको बाहिरी भागमा लगाइदैं छ । गोलाकार भवनको वरीपरी गरी झण्डै ६ किलोमिटर ती सिसाले ढाक्नेछन् । भवनको आकार नै गोलाकार भएका कारण सिसाका प्यानल पनि सोही हिसाबले घुमाउरो चाहिएको हो । यति ठूला घुमाउरो सिसा प्रयोग गरी भवन निर्माण गर्न लागिएको यो नै पहिलो भएको बताइन्छ ।

सोलार प्यानलमार्फत उर्जा उपभोग गर्ने गरी भवन निर्माण गरिदैं छ । सो भवन परिसरमा सात हजारभन्दा बढी विभिन्न जातका बोट–बिरुवा लगाइने भएको छ । जसले गर्दा उक्त भवन वातावरणमैत्री हुने जनाइएको छ ।
भवनको छतलाई सोलार प्यानलले ढाकिने भएको छ । भवन निर्माणमा हाल दैनिक तीन हजार पाँचसयको हाराहारीमा कामदार खटिएका छन् । (एजेन्सी)

प्रकाशित : ११ फाल्गुन २०७२, मंगलवार ०७:५६