सेन्चुरी कमर्सियल बैंकले माग्याे १ सय ६९ जना नयाँ कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

रोजगारी

सेन्चुरी कमर्सियल बैंकले माग्याे १ सय ६९ जना नयाँ कर्मचारी



काठमाडाै । सेन्चुरी कमर्सियल बैंकले १ सय ६९ जना नयाँ कर्मचारी भर्ना माग गरेकाे छ । बैंकले विभिन्न पदमा विभिन्न शाखा कार्यालयका लागि अाबश्यक कर्मचारी थप गर्न लागेको हो ।

बैंकले सार्वजनिक सूचना प्रकाशित गरी कर्मचारी भर्ना गर्न लागेको जानकारी दिएको हाे। बैंकले डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजर, अफिसर, असिस्टेन्ट अफिसर र सुपरभाइजर एक–एक जना माग गरेको छ । यस्तै, सिनियर असिस्टेन्ट पदमा चारजना, म्यानेजमेन्ट ट्रेनी पदमा ३० जना, जुुनियर असिस्टेन्टमा पाँचजना र ट्रेनी असिस्टेन्टमा १ सय २५ जना नयाँ कर्मचारी भर्ना गर्न लागेको छ ।

प्रकाशित : २२ असार २०७६, आईतवार १५:५२