न्यादी हाइड्रोपावरले ४० करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ ल्याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

न्यादी हाइड्रोपावरले ४० करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ ल्याउने



काठमाडाै । न्यादी हाइड्रोपावर लिमिटेडले ४० करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ ल्याउने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको ४० लाख ५० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।न्यादी हाइड्रोपावर लिमिटेड सन् २००७ मा स्थापना भएको कम्पनी हो ।

न्यादीले यस आइपीओको रेटिङ पनि गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले न्यादीको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

कम्पनीले आइपीओका लागि रेटिङ गरे पनि हालसम्म नेपाल धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । यस हाइड्रोपावर आयोजनाको कुल लागत ६ अर्ब ४ करोड २५ लाख रुपैयाँ रहेको छ ।

नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृति पाए पश्चात आइपीओ निष्कासन प्रक्रिया सुरु हुनेछ ।

प्रकाशित : २४ असार २०७६, मंगलवार १४:२७